प्रकाशमानको कुरा सुनेपछि आक्रोशित सुहाना

Mero Film

अमेरिका रहेर पढेपनि नायिका सुहाना थापाको नेपालको राजनीतिक चेतना गज्जबको छ । फिल्म ‘ए मेरो हजुर ४’को प्रचारको समयमा उनले दिएका विभिन्न बयानले पनि यो कुरा प्रष्ट पार्दै आएको हो । उनै, सुहानाले काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार तथा नेपाली कांग्रेसका बरिष्ठ नेता प्रकाशमान सिंहमाथि आक्रोश पोखेकी छिन् ।

क्षेत्र नम्बर १ र वडा नम्बर १० कि बासिन्दा भएको नाताले प्रकाशमानको अन्तरक्रिया कार्यक्रममा पहिलो पटक सहभागी भएकी सुहानाले उनको कुरामा असन्तुष्टी जनाउँदै सामाजिक संजालमा लामो स्टाटस कोरेकी छिन् ।

सुहानाले प्रकाशमानले भाषणका क्रममा शिक्षाको विकासमा पहल गरेको बताएको र अन्य दलका नेतालाई गाली गरेको उल्लेख गरेकी छिन् । तर, यी बिषयमा असन्तुष्टी जनाउँदै सुहानाले धोबिखोलाको अवस्था हेर्न सुझाव दिएकी छिन् ।

उनले, नयाँ भवन बनाउनुभन्दा पनि पुराना भवनलाई सुधार्नु पर्ने बताएकी छिन् । प्रकाशमानले नयाँ पार्क उद्घाटन गरेको उदाहरण दिदै सुहानाले लेखेकी छिन्–‘अव्यवस्थित र मर्मत संभारको अभावले धोविखोलाको अवस्था हेर्नलायक छैन । सरकारी स्कुलका बालबालिकालाई प्रतिस्पर्धी संसारका लागि अझै पनि हामीले तयार गर्न सकेका छैनौं ।’

सुहानाले यसपटक देशको मुहार बदल्न सकिने बताउँदै लामो समयदेखि सत्तामा रहेका नेताहरुलाई उनीहरुले गरेका उपलब्धीको बारेमा प्रश्न गर्नुपर्ने तर्क समेत गरेकी छिन् । यी कुराहरु सैद्धान्तिक तरिकाले भन्न सजिलो भएपनि व्यवहारिक रुपबाट गर्न गाह्रो भएको मात्र जवाफ आफूहरुले पाएको भन्दै सुहानाले आक्रोश व्यक्त गरेकी छिन् ।


Leave a Reply

Your email address will not be published.