‘छड्के २’को वर्कशपमा अनमोल

नायक अनमोल केसी विगत केही हप्तादेखि चितवनमा फिल्म ‘छड्के २’को वर्कशपमा व्यस्त छन् । निर्माणपक्षले अनमोलको वर्कशपको तस्वीर सार्वजनिक गरेको छ, जसमा उनी फरक लुक्समा देखिएका छन् । तर, अनमोलले सार्वजनिक भएको तस्वीर नै आफ्नो फिल्मको गेटअप नभएको बताएका छन् । उनले, यसपटक आफ्नो गेटअपले सबैलाई अचम्मित बनाउने दाबी समेत गरे ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार हुने यो फिल्ममा प्रशान्त गिरी र लक्ष्मण काफ्लेको लगानी रहनेछ । फिल्मलाई काभ्रे फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो । जसमा, अनमोलको अलवा रविन तामाङ्ग, कमलमणी नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ ।
फिल्मकी मुख्य नायिका भने सार्वजनिक गरिएको छैन । फिल्मको छायांकन भदौको १ गतेबाट सुरु हुने निर्माता प्रशान्त गिरीले जानकारी दिए । उनको अनुसार, ६० दिन लगाएर फिल्म खिचिनेछ ।

हरिवंश आचार्य भन्छन् - चिकित्सकमाथिको हातपात तुरुन्त बन्द हुनुपर्छ

सन्दिप र निखिल सहित करिब २०० जना 'स्पार्क एड्भेन्चर'मा शैलुङ जाँदै

‘नाङ्गो गाउँ’ हेरेर रोइन् हिसिला, बाबुरामले भने–‘उत्कृष्ट फिल्म’

आमा बन्दै रेखा थापा

एक वर्षपछि पुनः सफलताको खोजीमा केकी

सन्तोष सेनले घोषणा गरे ‘बलिदान’, पहाड र मधेसको द्धन्द्धको कथामा निर्माण हुने

रीत २ को घोषणा

प्रतिक्रिया