‘माग्ने बुढा’ सुटिङमा हुँदा ‘कमेडी हब’को शैली परिवर्तन

Mero Film

सार्वजनिक हुनुभन्दा अगाडि भयंकर नै होला भनेर अपेक्षा गरिएको तर प्रशारण भैसकेपछि दर्शकको साथ नपाएको रियालिटी शो हो, ‘कमेडी हब’ । केदार घिमिरे जस्ता कलाकारमाथि महंगो लगानी गरेर मिडिया हबले प्रशारणमा ल्याएको यो शोले दर्शक पाएन । जसलेगर्दा, सुरुवातदेखि नै यो शो घाटामा गएको थियो ।

शोको फम्र्याट नै पुरानो शैलीको भएको भन्दै शो भित्रका अन्य कलाकार असन्तुष्ट रहँदा पनि केदारले शैली परिवर्तन गर्न चाहेनन् । यसैले, यो शो संचालनमा आएको केही महिनादेखि नै संकटमा पर्न थालेको थियो ।

तर, केदार फिल्म ‘छक्का पन्जा ४’को छायांकनमा व्यस्त हुँदा यसको अन्य टिमले शोको शैली नै परिवर्तन गरेका छन् । शोको शैली परिवर्तन भएपछि दर्शकले मन पराउने विश्वास समेत गरिएको छ ।

शोको नयाँ शैली अनुसार, अतिथीलाई समेत निमन्त्रणा गर्न थालिएको छ । जसअनुसार, नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्री फिल्म ‘कृष्णलीला’को प्रचारका लागि शोमा पुगेका छन् । शोमा नाम चलेका अतिथी बोलाएर युट्युबमा दर्शक तान्ने उपाय यो टिमले गरेको देखिन्छ ।

शोको नयाँ शैलीलाई दर्शकले कती मन पराउने हुन् हेर्न बाँकी छ ।


Leave a Reply

Your email address will not be published.