‘सायरा’मा आर्यन अनुवन्धित

नायक आर्यन सिग्देलले अष्ट्रेलियामा ९० प्रतिशत छायांकन हुने नयाँ फिल्म ‘सायरा’ साइन गरेका छन् । फिल्मका प्रस्तुतकर्ता रघु परियारले आर्यनसँग संझौता गरे । डीबीआर मिडिया एण्ड मुभिज प्रा.लिको ब्यानरमा यो फिल्म बन्नेछ । फिल्मलाई सामाजिक र लभ स्टोरी कथामा तयार पारिने बताइएको छ ।
फिल्मको छायांकन ९० प्रतिशत अष्ट्रेलियाको सिड्नी र मेलवर्नमा हुनेछ । बाँकी १० प्रतिशत छायांकन नेपालमा गरिने निर्माणपक्षले बताएको छ ।
फिल्मलाई भारतीय निर्देशकले निर्देशन गर्नेछन् । फिल्मका निर्देशकसँगै अन्य कलाकारको नाम लाइनअप पुरा भएपछि सार्वजनिक गर्ने प्रस्तुतकर्ताको भनाई छ । आर्यनले पनि आफूलाई सुहाउने भूमिका पाएकाले काम गर्न लागेको जानकारी दिए ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया