‘छक्का पन्जा ४’लाई रिलिज मितिको समस्या

Mero Film

मह जोडीले अभिनय गरेको फिल्म ‘महापुरुष’ कार्तिक ११ मा रिलिज हुने पक्का भैसकेको छ । असोजको ७ गतेदेखि कार्तिकको ११ गतेसम्म कुनै पनि हप्ता खाली छैन । असोज ७ गते ‘प्रेमगीत ३’, असोजको १४ मा ‘परदेशी २’, असोजको २१ एउटा नयाँ फिल्मको प्रदर्शन मिति आज घोषणा हुँदैछ ।

असोजको २८ मा ‘हिजो आजका कुरा’, कार्तिक ४ मा ‘के घर के डेरा’सहित ४ वटा विदेशी फिल्म, कार्तिक ११ मा ‘महापुरुष र लाखे’ । भदौको ३ देखि कार्तिकको ११ सम्म फिल्म रिलिजको लामो सेड्यूल बनेपछि छायांकनरत फिल्म ‘छक्का पन्जा ४’का निर्माता तथा कलाकार दीपकराज गिरी सोचमग्न छन् ।

भदौ या दशैंको आसपासमा फिल्म रिलिज गर्दै आएका दीपक यसपटक कुन मितिमा आउने निश्चित भएका छैनन् । तर, वुझिएअनुसार अब कुनै न कुनै मितिमा कुनै एक नेपाली फिल्मसँग जुध्नै पर्ने अवस्थामा ‘छक्का पन्जा ४’का निर्माता पुगेका छन् ।

हेमराज वीसीको निर्देशनमा छायांकन भैरहेको यो फिल्मले बक्स अफिसमा बम्पर कमाई गर्ने विश्लेषण गरिएको छ । तर, यो फिल्मका निर्माता कुन मितिमा आउँछन् भन्ने ध्यान धेरैको छ ।


Leave a Reply

Your email address will not be published.