‘कबड्डी ४’ विवादपछि पनि रामबाबुको फिल्ममा मिरुना

Mero Film

निर्देशक रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘फुलबारी’को छायांकन चाडै नै सुरु हुँदैछ । यो फिल्ममा दयाहाङ राई छोराको भूमिकामा छन् भने विपिन कार्की उनका पिताको भूमिकामा देखिदैछन् । फिल्ममा नायिका प्रियंका कार्कीले पनि काम गर्दैछिन् । लामो समय पर्दाबाहिर रहेकी प्रियंका अब यो फिल्मबाट फेरि दर्शकमाझ बलियो उपस्थिती जनाउने तयारीमा छिन् ।

यो फिल्ममा नायिका मिरुना मगरको पनि मुख्य भूमिका रहनेछ । मिरुना मगरले फिल्म ‘कबड्डी ४’मा मुख्य नायिकाको रुपमा काम गरेकी थिइन् । फिल्मले बम्पर कारोबार गरिरहँदा मिरुना र फुर्वा तामाङ नाम गरेका एक यूवकको विवाद अझै पनि सकिएको छैन ।

मिरुनाले माफी नमागेसम्म यो विवाद सकिने छनक देखिएको छैन । यतिमात्र होइन, यो विवादले मिरुनाको करिअरलाई नै असर गर्छ कि भन्ने अड्कल समेत लगाइएको थियो । तर, रामबाबुले नयाँ फिल्म ‘फुलबारी’मा पनि मिरुनालाई निरन्तरता दिएका छन् । फिल्ममा २ नायक र २ नायिका रहने पक्का भएको छ ।

रामबाबुले ‘कबड्डी ४’मा विवाद भएपनि मिरुनालाई छाडेका छैनन् । अब, दर्शकले मिरुनाको फिल्ममा उपस्थितीलाई कसरी हेर्ने हुन्, त्यो पछि नै थाहा हुनेछ ।


Leave a Reply

Your email address will not be published.