हिरो होइन डरलाग्दो भिलेन विजय सेतुपति, शाहरुख अल्लु अर्जुनलाई दिए टक्कर

साउथ अभिनेता विजय सेतुपति अहिले पान इन्डिया स्टार बनेका छन् । उनको भर्सटायल अभिनयका फ्यानहरू दिवाना छन्, त्यसैले जब जब विजय सेतुपतिको नाम फिल्मसँग जोडिन्छ फ्यानहरू पनि निकै उत्साहित हुन्छन् । यति बेला विजय सेतुपतिसँग यस्ता ठूला प्रोजेक्टहरू छन् जसमा उनी खलनायकको भूमिकामा देखिदैछन्।

यो लिस्टमा अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ र साउथका अर्का चर्चित अभिनेता अल्लु अर्जुनको ‘पुष्पा २’ जस्ता फिल्महरू पर्छन्। के तपाईलाई थाहा छ कलाकारहरुले आफ्नो फिल्मबाट सय करोडभन्दा बढी कमाउने गरेका छन् । यो सँगै विजय सुतापति पनि सबैभन्दा महँगो खलनायक बनेका छन् ।

एक रिपोर्टका अनुसार शाहरुख खानको जवानमा खलनायकको भूमिकामा विजय सेतुपतिलाई साइन गरिएको छ । एट्ली निर्देशनको लागि विजय सेतुपतिले ३० करोड भारु पारिश्रमिक लिइरहेका छन्, जुन ठूलो रकम हो ।

यसै क्रममा विजय सेतुपतिले अल्लु अर्जुनको ‘पुष्पा २’ को लागि करिब २५ करोड भारु लिएका छन् । यस फिल्ममा विजय र अल्लु अर्जुन कडा टक्करमा देखिनेछन् । यो फिल्ममा दुवैको टक्करले फ्यानलाई खुसी नबनाउने त कुनै रुपमा भन्न सकिन्न्। यो फिल्मलाई सुकुमारले निर्देशन गर्दैछन् ।

विजय सेतुपति साउथ सुपरस्टार नन्दमुरी बाला कृष्णको आगामी फिल्म ‘वीजेएस’ मा पनि महत्वपूर्ण भूमिका निभाइरहेका छन् । यस भूमिकाका लागि पनि अभिनेताले मोटो रकम लिएका छन् । एक रिपोर्टका अनुसार यस फिल्मको लागि विजयको पारिश्रमिक २५ करोड भारु निर्धारण भएको छ । जसका लागि अभिनेताले पनि हुन्छ भनेका छन् । ‘जवान’, ‘पुष्पा २’ र ‘भिजेएस’को पारिश्रमिक जोड्ने हो भने विजय सेतुपतिले यी तीन फिल्मबाट मात्रै ८० करोड कमाइसकेका छन् ।

यी तीन फिल्मबाहेक विजय सेतुपति हिन्दी फिल्म ‘मेरी क्रिसमस’ र ‘गान्धी वर्तर’मा पनि कट्रिना कैफसँग देखिनेछन् । उनी वेत्रीमारनद्वारा निर्देशित ‘विदुथलाई’ र निर्देशक एच विनोदको तमिल फिल्ममा पनि देखिनेछन्। विजय सेतुपतिसँग शाहिद कपूरको वेब सिरिज ‘फर्जी’ पनि छ, जसलाई ‘द फैमिली म्यान’ राज र डीकेले निर्देशन गरेका छन्। यस सिरिजमा राशि खन्ना र रेजिना क्यासान्ड्रा पनि देखिनेछन् ।

विजयका यी सबै प्रोजेक्टबाट यो स्पष्ट हुन्छ कि विजय यतिबेला फिल्मका व्यस्त कलाकारमध्ये एक बनेका छन् । यी सबै फिल्मको शुल्क जोड्ने हो भने विजय सेतुपतिले कम्तीमा १०० करोड कमाइसकेका छन् ।