अभिनेता अभिषेक बच्चनलाई रितेश देशमुखले लगाए चोरीको आरोप

बलिउड अभिनेता अभिषेक बच्चन रितेश देशमुखको कमेडी शो ‘केस तो बना है’ मा देखिने भएका छन् ।
हालै यस शोको ट्रेलर सार्वजनिक भएको छ । शोमा सेलिब्रेटीहरूले आफूमाथि लागेको आरोपको जवाफ दिनुपर्छ । यसै क्रममा रितेशले अभिषेकलाई धेरै रमाइला प्रश्न सोधे ।
रितेशले अभिषेकलाई सोधे, ‘तिमीले फिल्मको सेटबाट धेरै प्रोप्स चोर्छौ । ‘गुरु’ उनी…’ को सेटमा र त्यसपछि ट्रेलर त्यहीँ कटिन्छ । जवाफमा अभिषेक ठट्टा गर्दै भन्छन्, ‘मैले नायिका (ऐश्वर्या राय बच्चन) चोरेको थिएँ । फिल्म ‘गुरु’ रिलिज भएपछि मात्रै अभिषेकले ऐश्वर्यासँग विवाह गरेका थिए । शोमा अभिषेक बाहेक विक्की कौशल, पंकज त्रिपाठी, शाहिद कपुर, सञ्जय दत्त जस्ता धेरै सेलेब्स देखिने छन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया