प्रदीप खड्का के चाहन्छन् ?

२ फिल्मको प्रचारको मारमा परेका नायक प्रदीप खड्का देश तथा विदेश दौडाहामा छन् । कहिले नेपाल त कहिले भारतमा बसेर २ फिल्मको प्रचार गरिरहेका प्रदीप भोली फेरि भारत जाने तयारीमा छन् । नेपालगञ्जमा फिल्म ‘प्रकाश’को पत्रकार सम्मेलन गरेर उतैबाट भारततर्फ लाग्ने उनको योजना छ ।

एकातिर, प्रकाशका लागि दौडधुप गरिरहेका उनी अर्कोतिर यही फिल्मको प्रचारमा समेत ध्यान नदिएको आरोप खेपिरहेका छन् ।

तर, नायक खड्का भने आफूले नेपाली फिल्म क्षेत्रलाई अन्तरराष्ट्रिय बजारमा पुर्याउन चाहेको बताए । उनले भने–‘प्रकाश होस् या प्रेमगीत ३, म लामो समयदेखि नेपाली फिल्म पनि अन्तरराष्ट्रिय स्तरमा जानुपर्छ भन्ने सोचमा छु । हामीले लकडाउनमा पनि यो प्रयास गरेका हौं ।’

नायक खड्का नेपाली फिल्मलाई अस्करसम्म पुगेको समेत आफूले हेर्न चाहेको बताउँछन् । उनले भने–‘म विश्व बजारमा मेरै फिल्मले होइन, तर नेपाली फिल्मले पनि सय करोड कमाओस् भन्ने चाहन्छु । नेपाली फिल्म अस्करसम्म पुगेको हेर्न मन छ ।’