‘शैलुङ्गको चिसो चिसो बतास’मा राजेश हमाल र वर्षा सिवाकोटी

समाजसेवी तथा उद्योगपती गायक विकाश राणाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।

सार्वजनिक ‘शैलुङ्गको चिसो चिसो बतास’बोलको गीतमा सशी बिक्रम थापा र गणेश चौलागाईंको शब्द तथा संगीत रहेको छ।

मेलोडियस गीतमा संगीत संयोजन सशी बिक्रम थापाको संगीत संयोजन रहेको छ। गीतमा शैलुंगको सुन्दर प्रकृतिसंगै सुन्दर युवतीको बर्णन गरिएको छ।

नितिन चन्दको निर्देशनमा बनेको भिडियोमा अभिनेता राजेश हमाल र अभिनेत्री वर्षा शिवाकोटीको अभिनय रहेको छ। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोको छायाँकन मनोज सुवेदीले गरेका छन्।

सौखिन तिमल्सिनाले सम्पादन गरेको भिडियो विकाश राणाको आफ्नै च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियोमा राजेश हमाल र वर्षा शिवाकोटीको जोडी सुहाएको छ।