कमजोर बुकिङका विच ‘लाल सिंह चड्डा र रक्षा बन्धन’ रिलिज

बलिउड फिल्मले गति लिन नसकेको देख्दा धेरैलाई यसले चिन्तित बनाएको छ । बलिउडका स्टार हिरोहरुको फिल्मले समेत बक्स अफिसमा गतिलो व्यापार गर्न सकेका छैनन् । जसकाकारण, बक्स अफिस ओपनिङ कमजोर बनेको छ ।

आजबाट रिलिजमा आएका २ बलिउड फिल्मको व्यापार पनि इनिसियल रुपमा दुःखद हुने देखिएको छ । आमिर खानको ४ बर्षपछि नयाँ फिल्म ‘लाल सिंह चड्डा’ रिलिज भएको छ । तर, नेपाली बक्स अफिसमा बम्पर व्यापार गर्छ भन्ने आशा गरेका वितकरलाई फिल्मको बुकिङले निराश बनाइदिएको छ ।

फिल्ममा आमिर र करिना कपुर मुख्य भूमिकामा छन् । आनन्द एल रायको निर्देशनमा अक्षय कुमारको मुख्य भूमिका रहेको फिल्म ‘रक्षा बन्धन’को व्यापार पनि सुखद छैन । फिल्मको बुकिङ झनै कमजोर छ । यसरीहेर्दा, बलिउडका दुई सुपरस्टारको फिल्मको ओपनिङ भारतमा सँगै नेपालमा पनि कमजोर हुने देखिएको छ ।

नेपालका प्रदर्शकले यी दुई फिल्मलाई अधिकांश शो दिएपनि व्यापारिक रुपमा यी दुबै फिल्मको ओपनिङ कमजोर देखिएको छ ।