रामबाबुको ‘फूलबारी’मा दया, विपिन, प्रियंका र मिरुना

फिल्म ‘फूलबारी’को घोषणा भएको छ । बुधबार काठमाडौंमा भव्य कार्यक्रमको आयोजना गर्दै पारिवारिक कथामा निर्माण हुन लागेको फिल्मको घोषणा गरिएको हो । यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्दैछन् । फिल्मले अभिभावक र सन्तानविचको सम्बन्धलाई देखानेछ ।

भदौबाट छायांकनमा जाने फिल्ममा नायक दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, मिरुना मगर, श्रृजना सुब्बा लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

फिल्मको छायांकन इलाम र काठमाडौंमा गरिने निर्माणपक्षले बताएको छ । उपेन्द्र सुब्बाले लेखेको फिल्ममा कमल किशोर मलपानीको कथा र कन्सेप्ट छ । मनिष ढकालको लगानी रहने फिल्ममा जोस हेरमको छायांकन गरिनेछ ।

कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्मलाई यशोधा फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो ।