विपिनलाई प्रश्न–‘फूलबारी’मा स्टोरी बोर्ड पाउनुभयो त ?’

नायक विपिन कार्कीले छायांकनका लागि तयार भएको फिल्म ‘प्रसाद २’ छाडे । यो फिल्मको छायांकन स्थगीत भएको बिषयमा विपिन र निर्माण टिमको आ आफ्नै दाबी छ । तर, विपिनले फिल्मको छायांकन सुरु हुनै लाग्दा स्टोरी बोर्ड मागेको भन्ने खबर पनि सार्वजनिक भएको थियो । उनै, विपिन फिल्म ‘फूलबारी’मा काम गर्दैछन् । यो फिल्ममा ५९ बर्षको पाको पुरुषको भूमिका निर्वाहा गर्न लागेका विपिनलाई पत्रकारले स्टोरी बोर्ड पाउनुभयो कि भएन भनेर प्रश्न राखेका थिए ।

जसमा विपिनले जवाफ दिदै भने–‘पक्कै पनि पाइन्छ नी । नपाइने भन्ने त सबैमा हुँदैन । स्टोरी बोर्ड सबैमा चाहिन्छ भन्ने होइन । तर, कलाकारले आफ्नो भूमिकामा स्पष्ट हुनुपर्छ ।’

विपिनले स्क्रिप्ट पढ्दा सबै कुरा थाहा नपाइने बताए । भने–‘कागजमा जे लेखियो भोली गएर त्यही नै हुन्छ भने हुँदैन । तर, स्टोरी बोर्ड भएपछि आफूले गर्ने भूमिका के हो र कती गर्न सकिन्छ भन्नेमा स्पष्ट भइन्छ ।’

फिल्ममा आफू दयाहाङ राईको पिता बन्न नलागेको विपिनले स्पष्ट पारे । उनले भने–‘दयाजीको पिता होइन । तर, कसै न कसैको पिता चै फिल्ममा पक्कै हो ।’