विपिनसँग दीपेन्द्रको तेश्रो पटक सहकार्य, ‘चङ्गाचेट २’मा अनुवन्धित

सफल निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘चङ्गाचेट २’मा नायक विपिन कार्की अनुवन्धित भएका छन् । विपिन र फिल्मको निर्माणपक्षविच आज संझौता भएको हो । यो फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् ।
फिल्ममा यसअगाडि नै अर्पण थापा अनुवन्धित भैसकेका छन् । फिल्मलाई कमेडी जनरामा बनाउने तयारी दीपेन्द्रको छ । विपिनले दीपेन्द्रको ‘पशुपति प्रसाद, के घर के डेरा’मा काम गरेका थिए ।

‘चङ्गाचेट’ बक्स अफिसमा हिट भएको थियो ।