अमेरिकामा टू पिसमा स्वस्तिमा

नायिका स्वस्तिमा खड्काले पर्दामा बाजुराकी एक महिलाको जीवन बाँचिन् । उनले अभिनय गरेको फिल्म ‘चिसो मान्छे’ असारमा रिलिज भयो । यो फिल्म रिलिजपछि स्वस्तिमाले नयाँ प्रोजेक्ट साइन गरेकी छैनन् । बरु, उनी विगत केही दिनदेखि अमेरिकामा छिन् ।

अमेरिकामा आयोजना भएको एउटा फेसन शोमा सहभागी हुन उनी सपनाको देश पुगेकी हुन् । उक्त शो सम्पन्न भएपछि स्वस्तिमा घुमघाममा व्यस्त छिन् । उनै, स्वस्तिमाले अमेरिकाको समुन्द्री तटमा रमाएकी छिन् । कालो रंगको टू पिसमा उनी समुन्द्री तटमा रमाएकी हुन् ।

हुनत, नेपालमा रहँदा पनि स्वस्तिमाका टू पिसका तस्वीर सामाजिक संजालमा सार्वजनिक नभएका होइनन् । तर, नेपालमा कमै मात्र यस्ता पहिरनमा रमाउने यी सुन्दरी अमेरिकाको विन्दास जीवनको रमाइलो उठाइरहेकी छिन् ।

नेपाली फिल्मकी महंगी र ब्रान्ड बजारकी डिमाण्डेड यी सुन्दरीले नयाँ फिल्म कहिले साइन गर्ने मुड बनाउँछिन्, यसका लागि प्रतिक्षा गर्नुपर्छ । तर, उनको मुड भने यतिबेला समुन्द्री तटको आनन्द उठाउनेमा नै छ ।