शाहरुख खानको ‘पठान’ पनि बहिष्कारको ट्रेन्डमा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/srk_Z8ldziPgbL_ckdt3ucnveewwpqoieptcor2wdkvcvbnqaoakz5uqxvai5ogiyisp71rvkut_SCoaEqGYOc_n4oygez0mvv1jjj5ht1scpdptdxxcyrtatxqlx689zhd2gegfceudcl99itt.jpg)
बलिउड अभिनेता किङ शाहरुख खानको फिल्म ‘पठान’ को नाम पनि बहिष्कारको ट्रेन्डमा परेको छ।
शाहरूख खानको बहुप्रतिक्षित फिल्म ‘पठान’ आगामी वर्षको सुरूमा रिलिज हुँदैछ। तर, सामाजिक सञ्जालमा भने फिल्म बहिष्कार सुरू भइसकेको छ। ह्यासट्याग बाइकटपठान यतीबेला ट्वीटरको ट्रेन्डिङमा छ। यसरी रिलिज हुनुअघि नै फिल्म बहिष्कार गरेकोमा निर्माता निकै आक्रोशित भएका छन्। सुशान्त सिंह राजपुतको निधन पछि बलिउडमा फिल्म बहिष्कार गर्ने चलन अझै रोकिएको छैन।
बहिष्कारको शिकारमा हालै आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ र अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’ले व्यहोरेका छन्।
यी दुई फिल्म हलमा रिलिज भए पनि रिलिज हुनुअघि नै सामाजिक सञ्जालमा बहिष्कार सुरू भएको थियो। दुबै फिल्म बहिष्कारको असर उनीहरुको कलेक्शनमा सम्म पर्यो। ठूलो लगानीमा बनाएका यी फिल्मले सोचेजस्तो सफलता पाएनन्।
यस्तैमा शाहरूख खानको फिल्म बहिष्कार गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन, तर केही भारतीय सञ्चार माध्यमका अनुसार अभिनेत्री दीपिका पादुकोण जेएनयु जाने मुद्दालाई लिएर मानिसहरू आक्रोशित भएका हुन्। सोही कारण फिल्म ‘पठान’लाई बहिष्कार गर्न थालिएको बुझिएको छ ।
SSR Sisters Awaiting Justice
SSR Sisters Awaiting Justice#Justice4SSR#JusticeForSushantSinghRajput #BoycottLalSinghChaddha #BoycottPathaan#BoycottTiger3 pic.twitter.com/JA1Y3UVklm— The_Voice_Of_Justice (@Raj22841910) August 11, 2022
दीपिका शाहरूखको यो फिल्ममा मुख्य भूमिकामा देखिनेछिन्। यसका अलावा फिल्ममा आशुतोष राना, डिम्पल कपाडिया र जोन अब्राहम जस्ता कलाकार छन्।
हालै हातमा बन्दुक बोकेकी दीपिका पादुकोणको लुक सार्वजनिक भएको थियो। ‘पठान’ बाट दीपिकाको लुक हेर्दा यो फिल्म एक्सनले भरिपूर्ण हुने देखिन्छ।
सिद्धार्थ आनन्दको निर्देशनमा बनेको शाहरूख खानको फिल्म जनवरी २५, २०२३ मा रिलिज हुँदैछ।
Remember, If we can make you, we can break you too! #BoycottbollywoodCompletely #BoycottBrahmastra #BoycottBramhastra #BoycottbollywoodForever #BoycottPathaan pic.twitter.com/nyUgdCRhIV
— The Protagonist 🇮🇳 (@TheProt50878893) August 13, 2022
![अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा](https://snowberry.prixacdn.net/media/gallery_folder/akshya%2520kumar%2520latest%2520movie_Xo1ST5DGWT_oheyunoxqrd1m3raf3xv5szqbhaco9yz4ilkui9cgj3t2ucs97xcabbxn2ca_XoWRvXU6Kv_f8zkhkrlp9upvblkcw3wioptebi5vpvli7b4uv2sbkjlhq9z4nxhorf9hkft.jpg)
अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा
![बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज](https://snowberry.prixacdn.net/media/gallery_folder/bad%2520news%2520movie_177Kax8qoA_jqfl44bidtqcumxahirr12dnkumbiyrsg2ataejfkaxxpwmlm1s3foe07eii_JmT7zwM28H_ho8lgrtdocojezoiw0m1ckevramvcrna7vhkuet9lt6nnjwehskqwhijqq3f.jpg)
बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज
![अक्षयको फिल्मको ओपनिङ साढे २ करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/sarfira_7x433pKsOu_dvuqhfa8yercglibgvqd3qraniqqeraixa4xsjozpqn9l7rvjilofvz9dzz5_lI8f1HcvaB_qzxojv6gplpfxl8p5bezexh8lji1t8mfj9rst9krcdrpczdjqhn7385ayct6.jpg)
अक्षयको फिल्मको ओपनिङ साढे २ करोड
![‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन](https://snowberry.prixacdn.net/media/gallery_folder/alia%2520bhatta_EP1ZIi7Qfw_lq9v63ubyls3apitftznc7tgaonfczsvxbwdmqfzus7licwhhqwwkg1duddv_X1eMQdXr5g_7eqwsduvcoouzktnikrc6abwvmuh0pxxl0yjs2ssmmieqbxkuarrn6bzwb8s.jpg)
‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन
![के अनुष्का र विराटले भारत छाडेका हुन् ?](https://snowberry.prixacdn.net/media/gallery_folder/birat%2520and%2520anuska_R9l9C6rBGe_xumqdsutoypayqopl87uukbia2l9v3lch8gfwtqszme5j1iagb2zsmjaottt_9UMgcTffaB_enufraqj4ntutqxnamf4vmlqzut6b24xxepnhzrbrypozaakwzlqckfoqrvo.jpg)
के अनुष्का र विराटले भारत छाडेका हुन् ?
![प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki%2520movie_3ZL8Vio99s_3zkqtxn1atd68ooi7pzh2mo94mck68s5o30vzjsuy6bne0l8isrxvhysidph_TSTRNYG5Vi_mdaf3atj8uno7fx8mrigedi5uve0ni8v5pkmu65vduthncthfzr9kit16cu8.jpg)
प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड
![प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki_uDMXV3lpUn_a9dzsnisfx0tewlnvugemrcq7iti1twhvytml2sn1kcnltxhdjt9w7foreni_P3vfzk24se_plhht2locrxl39rm37hnchaocua8ajfiytkukyptpqnr9xzyxfiqjsfws3mu.jpg)
प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया
![बैबाहिक जीवनमा बाँधिइन् सोनाक्षी](https://snowberry.prixacdn.net/media/gallery_folder/sonaxi%2520marrige_miUZOva4Md_wdgtrmgctqo03oicrxrjucn3wepce2h9db5tpbrvduki67dv2mglgalafkb4_88dWnN2wXO_gu22vfk2hkl7cimdiyaytzz7pvm4fffv9zxfzlr0ytwl71r6jaqpffnzp5gi.jpg)
प्रतिक्रिया