आमा बन्दै स्वेता खड्का

नायिका स्वेता खड्का आमा बन्ने भएकी छिन् । उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेको वुझिएको छ । यसकारण, पनि स्वेता लामो समयदेखि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् ।

स्वेताले कार्तिकको अन्तिममा सन्तानलाई जन्म दिन लागेको वुझिएको छ । स्वेताले २ बर्ष अगाडि वि.सं २०७७ साल मंसिर २२ गते आफ्ना प्रेमी विजयन्द्र सिंह राउतसँग बिहे गरेकी थिइन् । बिहे गरेको २ बर्षपछि स्वेता आमा बन्न लागेकी हुन् ।

स्वेताले फिल्म साइन गरेपनि काम सुरु हुन सकेको छैन । यसैले, अब उनले सन्तानलाई जन्म दिएपछि मात्र घरकै फिल्ममा काम गर्ने वुझिएको छ । स्वेता र विजयन्द्रलाई वधाई ।