‘हर्के हल्दार’का बिष्णु अब ‘रिटार हल्दार’ बन्दै

 

लोकप्रिय हाँस्य श्रृङ्खला हर्के हल्दारको उपनामले परिचित कलाकार बिष्णु सापकोटा अब नयाँ टेली चलचित्र मार्फत देखिने भएका छन्। सापकोटाको मुख्य भूमिका रहने हाँस्य टेलिचलचित्र रिटार हल्दार को बारेमा  एक पत्रकार भेटघाट गर्दै सिरियलको बारेमा जानकारी गराइयो। टेली चलचित्र प्रत्येक सोमवार सांझ ८ बजे मिटिभीबाट प्रशारण हुनेछ।

भद्र भुजेलको निर्देशनमा बनेको टेली चलचित्रमा बिष्णुको साथमा स्वीकृति खरेल,लक्ष्मी तिमल्सिना,शिव शर्मा,पिताम्बर आचार्य,गीता ओली,प्रेम खतिवडा,रक्षा सापकोटा,यसोदा सापकोटा,लक्ष्मण नेपाल,सुरेश चौधरी,प्रग्यासी थापा,सानु तिमल्सिना लगायतका कलाकारको अभिनय रहेको छ।

राजधानी काठमाडौँमा आयोजित पत्रकार भेटघाटमा प्रमुख अतिथी निर शाहको हातबाट टेली चलचित्रको पोस्टर पनि सार्वजनिक गरियो। कार्यक्रममा मिटिभीका कार्यकारी निर्देशक रोशन पौडेल, कलाकारतथा निर्देशक निर शाह,लय संग्रौला,उत्तम केसी,मुकुन्द किशोर भट्टराई,जितु नेपाल,दमन रुपाखेती,सुरेन्द्र केसी,शैलेन्द्र सिम्खडा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अतिथीहरुले टेली चलचित्र तथा मिटिभीलाई शुभकामना दिए। हाँस्य टेलिचलचित्र रिटार हल्दार मा श्रीमती नभएको बुढाको कुण्ठा र आफ्नी श्रीमतीलाइ शंका गर्ने बुढाको क्यारेक्टरलाइ बिसेष रुपमा प्रस्तुत गरिएको बिष्णु सापकोटाले बताए।