गायिका मेलिना राई भन्छिन्- इन्गेजमेन्ट तोडनु समाजमा विधमान जातीय विभेदको विरुद्धमा थियो

चर्चित गायिका मेलिना राईले साउन २० गते सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै संगीतकर्मी  प्रेमी सञ्जीव बराइलीसँग आफ्नो इन्गेजमेन्ट तोडेकी थिइन् ।

गायिका राईले इन्गेजमेन्ट तोडनुको कारण समानता र न्यायपूर्ण समाजको स्थापना हुन जरुरी भएको बताएकी छन् । उनले सार्वजनिक गरेको यो स्टाटस हेर्दा उनको र प्रेमी बराइलीको सम्बन्धमा आएको खटपटको कारण जातीय विभेद हो की भन्ने अनुमान गर्न सकिन्छ।

मेलिनाले केही समय अगाडि मात्र आफूहरूबिच वैचारिक मतभेद उत्पन्न भएको भन्दै बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेकी थिइन् । उनले आफ्नो आफूले गरेका निर्णयहरु विद्यमान जातीय विभेद र पितृसत्तात्मक सोचको विरुद्धमा भएको बताएकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो सम्बन्धसँग सम्बन्धित भनाइ पोष्ट गरेकी छन् । मेलिना लेख्छिन्, ‘मेरो पहिलो निर्णय–समाजमा विद्यमान जातीय विभेदको विरुद्धमा थियो । मेरो दोस्रो निर्णय– पितृसत्तात्मक सोचको विरुद्धमा हो । मेरो विचारमा मान्छे मान्छे बिचमा हुने सबै खाले अन्यायको अन्त्य हुनुपर्छ । समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एकदम जरुरी छ ।’

यस अर्थमा राई र बराइलीबीच जातीय विभेद हो की भन्ने अनुमान गर्न सकिन्छ ? दुवैले आफूहरू धेरै समय अगाडिदेखि प्रेममा रहेको र इन्गेजमेन्ट गरेको खबर र विवाह गर्ने नै घोषणा गरेकी थिइन् । राईको छोरी भएर बराइलीसँग विवाह गर्ने उनको निर्णय सार्वजनिक हुनसाथ किराँती समाजले एक हिसाबले बहिष्कार नै गरेका थिए ।