‘माइकल अधिकारी’को प्रिमियरमा फिल्मकर्मीदेखि राजनीतिज्ञसम्म

‘शुक्रबार रिलिज हुने फिल्म ‘माइकल अधिकारी’को बुधबार बेलुका गोपीकृष्णमा गरिएको प्रिमियरमा फिल्मकर्मीदेखि राजनीतिज्ञसम्म सहभागी उपस्थित रहेका थिए । ।

राजनीतिज्ञमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपाका महामन्त्री विक्रम पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापा गीतकार तथा चिकित्सक भोला रिजाल, गायक आनन्द कार्की लगायत प्रिमियरमा सहभागी रहेका थिए ।

सरोगेसीको कथा प्रस्तुत गर्ने यो फिल्मलाई रञ्जित रौनियारले निर्देशन गरेका हुन् । फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, जेमिमा टम्स, दिलीप बोहरा, केन्द्र भट्टराई कालाकारहरु रहेका छन् ।

तस्बिर: प्रकाश भुसाल