‘छड्के २’को मुहुर्तमा अनमोलको एउटा कुरा याद गर्नुभयो ?

यदि कलाकार देवु श्रेष्ठले दैनिक पोष्ट गर्ने भिडियोमा अनमोल केसीलाई देखाएनन् भने, उनको ‘छड्के २’को लुक्स निर्माणपक्षले चाहेको समयमा नै सार्वजनिक हुन्छ होला ।
चितवनबाट २ दिन अगाडि छायांकन सुरु गरिएको अनमोल केसी स्टारर फिल्मको अन्य कलाकारको नाम समेत सार्वजनिक गरिएको छैन । निगम श्रेष्ठको निर्देशनमा बनिरहेको फिल्मलाई चितवन र मुस्ताङमा खिचिनेछ ।
फिल्ममा अनमोलसँगै रविन तामाङ र कमलमणी नेपालले काम गर्दैछन् । छायांकन सेटबाट सार्वजनिक गरिएको एक तस्वीरमा अनमोल बाक्लो कपडामा देखिएका छन् । चितवनको चर्को गर्मीमा पनि अनमोलले बाक्लो कपडा लगाउनुले, फिल्ममा उनको भूमिका के होला भन्ने कौतुहलता आम दर्शकमाझ जाग्न सक्छ । यो फिल्मका लागि अनमोलले चितवनमै एक महिनादेखि वर्कशप समेत गरिरहेका थिए ।
काभ्रे फिल्मस्को व्यानरमा निर्माण भैरहेको फिल्ममा प्रशान्त गिरी र लक्ष्मण काफ्लेको लगानी छ । फिल्मलाई ६० दिन लगाएर खिचिने निर्माणपक्षले बताएको छ ।

यस्तो छ आँचल अभिनित 'हिटम्यान'को पोस्टर र टिजर

दयाहाङ्ग र रिस्मा फेरि एकसाथ ‘रिमै’मा देखिदै
फिल्म 'जम्प' को ‘फेरि फर्किन्छ’ गीत सार्वजनिक

‘एडल्ट’को नाममा ‘एनिमल’माथि धेरै उदार बनेको सेन्सर बोर्ड

बिदेश यात्राबाट फर्किएपछि मात्र नयाँ फिल्ममा काम गर्छुः स्वस्तिमा खड्का

एक बर्षदेखि पुष्पले किन साइन गरिरहेका छैनन् फिल्म ?

‘चित्रा’ निर्देशक लामिछाने भन्छन्–हामीले अरुको कथा हेर्यौं, आफ्नो भन्न सकेनौं’

प्रतिक्रिया