२४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ हुने

नव आदर्श सामुदायिक विकास समाज, लामाचौरको आयोजनामा हरितालिका तीजको अवसरमा २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ हुने भएको छ । इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा भदौ १२ देखि १४ गते सम्म महोत्सव हुने आइतबार पत्रकार सम्मेलनमा जनाइएको हो ।
महोत्सवको मुख्य आकर्षण लामाचौर कप महिला राष्ट्रिय भलिबल प्रतियोगितातर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टर्स क्लब र गण्डकी प्रदेशको टिमले भाग लिने छन् ।
पहिलो पटक हुने पुरुष भलिबलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमले भाग लिने छन् ।
विजेताले १ लाख ५० हजार १११, उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइनेछ ।
तीजगीत प्रतियोगितामा प्रथमले ५० हजार १११, दोस्रोले ३० हजार १११, तेस्रोले २० हजार १११ र सान्त्वनाले १० हजार १११ पाउने छन् । अन्तरमावि लोक नृत्यतर्फ प्रथमले ४० हजार १११, दोस्रोले २५ हजार १११, तेस्रोले १५ हजार १११ र सान्त्वना तीन टिम र उत्कृष्ट भेषभुषालाई ५ हजार १११ दिइने सूचना तथा संचार उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए ।
२०५४ सालमा स्थापित संस्थाको रजत वर्ष पनि भएकोले कोरोनापछि महोत्सव भव्य बनाउन संस्थाका अध्यक्षताको मुल संयोजकत्वमा २६ वटा उपसमिति गठन गरिएको सचिव थिरबहादुर थापाले बताए ।
भदौ १२ गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले महोत्सव उद्घाटन गर्नेछन् भने समापनमा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड आउने छन् । भदौ १३ मा संस्थाले निर्माण गरेको ब्याडमिन्टन कोर्टसहित पुरुष भलिबल प्रतियोगिताको उद्घाटन प्रदेश सदस्य राजीव गुरुङले गर्ने आयोजकले जनाएको छ ।
यसैगरी, शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई आयोजकले विगतमा झैं सम्मान गर्ने संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन् ।
भलिबल प्रतियोगिताअन्तर्गत उद्घाटनका खेल अघिल्लो दिन भदौ ११ देखि नै हुने छन् । महोत्सवमा ५४ लाख ५ हजार खर्च हुने आयोजकको अनुमान छ । सामाजिक कार्यमा समेत क्रियाशील नवआदर्श सामुदायिक विकास समाजले महोत्सव संचालन गर्न स्थापना गरेको कोषमा २६ लाख संकलन भइसकेको र यसपालि डेढ लाख थप गर्ने लक्ष्य लिएको जनाएको छ । महोत्सवको मुख्य सहयोगी बानियाँ किराना स्टोर्स लामाचौर हो । देशविदेशमा गरी विभिन्न प्रायोजकले हालसम्म ४८ लाख रुपैयाँ सहयोगको बोलकबोल गरिसकेको आर्थिक संयोजक दिलबहादुर थापाले बताए ।
संस्थाकी अध्यक्ष रेश्मा शेरचन अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन बुद्धिबहादुर खत्री क्षेत्रीले गरेका थिए । कार्यक्रममा खेलकुद समिति संयोजक सुशिलकुमार श्रेष्ठले पनि बोलेका थिए ।

पत्रकारद्वय डंगोल र श्रेष्ठद्वारा संग्रहित पुर्व कुमारी बज्राचार्यको फोटो प्रदर्शनी…

प्रधानमन्त्री प्रचण्डलाई टोपी प्रदान गर्दै १० औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस …

‘पोखरा सडक महोत्सव’मा जे देखियो (फोटो फिचर)

‘पोखरा सडक महोत्सव’ सुरु, झाँकीमा रमाए पर्यटक (फोटोफिचर)

भ्याली ग्रुप तयारी खाध्यमा आक्रामक बन्दै, भ्याली एक्सप्रेसको सातौ चेन पुल्चोकमा

परिवारको आग्रहमा यो समाचार हटाइएको छ ।

सम्बन्धविच्छेद पछि जेरीको टिप्पणी, ‘तिमिले दिएका हर आँशुको थोपालाई मोति बनाउ…

प्रतिक्रिया