‘मिस यूनिभर्स’का २० सुन्दरी स्विमसुटमा

 

बिहिबार बेलुकी काठमाडौंमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल’का २० सुन्दरीले सोमबार बेलुकी आयोजित कार्यक्रममा र्याम्प नापेका छन् । ‘मिस मार्टिनी सन एन्जल’ नामक विधाका लागि २० सुन्दरीले २ फरक पहिरनमा र्याम्प नापेका थिए । सुरुवातमा कक्टेल पहिरनमा र्याम्पमा उत्रिएका उनीहरु दोश्रो सिक्वेन्समा स्विम सुट लगाएर हिडेका थिए ।

मिस यूनिभर्स नेपालकी केन्द्रिय निर्देशक नग्मा श्रेष्ठ, मोडल आस्था पोखरेल, डिजाइनर तेन्जिङ भुटिया र पूर्व मिस नेपाल इशानी श्रेष्ठ ‘मिस मार्टिनी सन एन्जल’को मुल्यांकन गर्न निर्णायकको रुपमा थिए ।

यो विधामा आश्मा केसीले अवार्ड प्राप्त गरिन् । आश्मालाई तेन्जिङले गिफ्ट ह्याम्पर प्रदान गरे । यसपटकको ‘मिस यूनिभर्स नेपाल’मा तेश्रो लिङ्गीहरुको प्रतिनिधीत्व गर्दै अनु अनमोलले सहभागीता जनाएका छन् । उनले, आफ्ना समुदायलाई हेर्ने धेरै मानिसको दृष्टिकोण परिवर्तन हुन नसकेको भन्दै ‘मिस यूनिभर्स नेपाल’को स्टेजबाट आफूले सन्देश दिन चाहेको बताएकी छिन् ।

‘मिस मार्टिनी सन एन्जल’ विजेता आश्माले आफूले समाजका लागि केही काम गर्न चाहेको र यो विश्व चर्चित सौन्दर्य प्रतियोगीतामा आएर आफ्नो आवाजलाई अझै बुलन्द बनाउन सहयोग पुग्ने प्रतिक्रिया दिइन् ।

यो शोकी केन्द्रिय अध्यक्ष नग्मा श्रेष्ठले आउँदो बर्षदेखि गर्भवती, डिभोर्सी र विवाहित महिलाले पनि ‘मिस यूनिभर्स नेपाल’मा सहभागीता जनाउन सक्ने बताएकी छिन् ।