सुफिया भुजेललाई ‘मिस यूनिभर्स नेपाल’को उपाधि

यो बर्षको ‘मिस यूनिभर्स नेपाल’को उपाधि सोफिया भुजेलले प्राप्त गरेकी छिन् । काठमाडौंको याक एन्ड यति होटलमा बिहिबार बेलुका आयोजना भएको भव्य समारोहमा सोफियाले चर्चित सौन्दर्य प्रतियोगीताको ताज पहिरिइन् । उनलाई, पूर्व ‘मिस यूनिभर्स नेपाल’ सुजिता बस्नेतले ताज लगाइदिएकी थिइन् । सोफियाले उपाधिसँगै १० लाख रुपैयाँ र इलेक्ट्रोनिक स्कुटी पनि प्राप्त गरेकी छिन् । साथै, उनले अब ७१ औं श्रृङ्खलाको ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
उपाधि जितेपछि सोफियाले मिडिया कुराकानीमा भनिन्–‘मैले मिस यूनिभर्स नेपालको उपाधि जित्ने सपना बोकेकी थिएँ । विगत १२ दिनदेखिको क्लोज क्याम्प मेरा लागि यो उपाधि जित्न अझै सहयोगी भएको छ ।’ काठमाडौं निवासी २७ बर्षिया सोफियाले सम्पूर्ण घेरा तोडेर अगाडि बढेका महिलाहरु नै आफ्नो प्रेरणाको श्रोत भएको बताएकी छिन् ।
यस बर्षको ‘मिस यूनिभर्स नेपाल’को निर्णायकमा बैंकर अनिल केशरी शाह, नायिका प्रियंका कार्की, ऋचा शर्मा, संगीता थापा, सिमा गोल्छा, थियागाराजन रामाशामी थिए ।
यस्तै, यस बर्षको ‘मिस यूनिभर्स नेपाल’को फस्टरनरअप विपना अधिकारी, सेकेन्ड रनरअप आश्मा केसी, थर्ड रनरअप सेफिना जोशि र फोर्थ रनरअप मोनालिसा पराजुली हुन सफल भएका छन् ।
कार्यक्रममा ‘मिस यूनिभर्स नेपाल’को केन्द्रिय अध्यक्ष नग्मा श्रेष्ठले सबैलाई धन्यवाद दिएकी थिइन् । चर्चित सौन्दर्य प्रतियोगीता सफल बनाउनका लागि सहयोग गर्ने सबैलाई आगामी दिनमा पनि यस्तै हौसलाको अपेक्षा गर्दछौं, नग्माले भनिन् ।
उमंग क्रियशनले यो प्रतियोगीताको आयोजना गरेको हो । यो प्रतियोगीताको अन्तिम चरणमा २० जना सुन्दरीहरुले प्रतिस्पर्धा गरेका थिए ।

मिस मगर इन्टरनेशनलको ट्यालेन्ट राउण्ड सम्पन्न, १२ प्रतियोगीतले देखाए प्रतिभा

मुना रिजालले अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्र…
एउटै कार्यक्रममा ६ विजेता घोषित

‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ बने समा र शिशिर

स्विम सुट राउण्डमा 'मिस एण्ड मिस्टर नेपाल २०२३' का प्रतियोगी

प्रतिक्रिया