बाबुहरूप्रति समर्पित ‘बा आकाश हुन्’ सार्वजनिक

बुवा सबैका आर्दशका पात्र । तिनै आदर्श पुरुष बुबाको मुख हेर्ने दिन आफ्ना जन्म, कर्म दिने पितालाई सम्मान अर्पण गरिन्छ ।

यस्तै, समस्त बाबुहरूलाई समर्पित गर्दै गायक सुरेन गौतमले ‘बा आकाश हुन्’ बोलको गीत सार्वजनिक गरेका छन्। सन्देश श्रेष्ठको संगीतमा तयार भएको गीतका रचनाकार तुलसी बस्नेत हुन्।

गीतको संगीत संयोजन दिनेश श्रेष्ठले गरेका हुन् भने भिडियो गायक स्वयमले तयार पारेका हुन्। सुरज केसी खिचेको गीतको भिडियोलाई विष्णुहरि तिमल्सिना सम्पादन गरेका हुन्।

गायक गौतमले यस अघि पनि रेशमी पर्दाले छेकेन, छेक्यो डाँडा कुहिरोले, आमाको अर्थ, पिरती लरी लै, सधै(सधै आदि गीत रिलिज भइसकेका छन्।
त्यस्तै गौतमले ‘पिंजडाको सुरक्षा’ बोलको गीतका लागि पुरूष गायनको ‘ओएस नेपाल म्युजिक अवार्ड-२०७४’ जितेका थिए।

अमेरिकाको टेक्सस राज्यमा बस्दै आएका गायक गौतम यतिबेला कृषिमा विद्यावारिधि गर्दैछन्।