सुगम र राजको ‘रेलिमाई’ सुरविना

गायक सुगम पोखरेलले राज के गोस्वामीसँग मिलेर नयाँ गीत ‘रेलिमाई’ सार्वजनिक गरेका छन् । यो गीतले एक यूवतीको प्रशंसा गरेको छ । गीतमा गिरिस खतिवडा र बुलेट फ्लोले र्याप हानेका छन् । भिडियोमा मोडल सुरविना कार्कीले अभिनय गरेकी छिन् ।

यो गीतको अडियो र भिडियो केही फरक छ । सतिज श्रेष्ठको सम्पादन र निर्देशनमा तयार भएको भिडियो आकर्षक छ । वान एमबीको प्रस्तुतिमा तयार भएको भिडियोलाई दर्शकले मन पराइरहेका छन् ।

नेपाल पप संगीतमा सुगम पोखरेलको नाम उच्च स्थानमा छ । उनले, नेपाली फिल्मको पाश्र्व गायनमा पनि बलियो स्थान बनाएका छन् । म्युजिक भिडियोमा जमिरहेकी सुरविनाको काम पनि प्रशंसायोग्य छ ।