टिकटकमा धमाधम बाहिरिदै छ अनमोलको ‘छड्के २’का दृश्य

फिल्म प्रमोशनका लागि टिकटक नेपाली फिल्मीकर्मीका लागि उचित प्लेटफर्म त बनेको छ । तर, त्यो भन्दा पनि टिकटक टाउको दुखाइको बिषय समेत फिल्मीकर्मीका लागि बन्न थालेको छ ।

अहिले नेपाली फिल्म हलमा लाग्ने वित्तिकै टिकटकमा छ्याप्तछ्याप्ती आउँछ । फिल्म हलमा खिचेर टिकटकमा राख्न हुँदैन भन्ने समेत दर्शकले विर्सन थालेका छन् । यस्तै, फिल्मीकर्मीले लुकाउन चाहेका, छायांकन हुँदै गर्दाका दृश्य समेत टिकटकमा भाइरल बनिरहेका छन् । यसले, फिल्मको गोपनियता भन्ने नै हराउन थालेको छ ।

नायक अनमोल केसी विगत केही दिनदेखि फिल्म ‘छड्के २’को छायांकन चितवनमा गरिरहेका छन् । तर, अनमोलको आउटडोर छायांकनका दृश्य टिकटकमा भाइरल बनिरहेको छ । अरुको सम्पत्ती आफूले खिचेर हाल्नु हुँदैन भन्ने समेत दर्शकले विर्सदा यसले विकराल समस्या निम्त्याउन थालेको छ ।

विशेषगरि, अनमोलको जेलको दृश्यदेखि बाइक चलाउँदै गरेको दृश्य टिकटकमा भाइरल छ । अझ, फिल्मको छायांकन सकिन्जेलसम्म कती दृश्य भाइरल हुने हो थाहा छैन । निगम श्रेष्ठको निर्देशनमा बनिरहेको यो फिल्ममा अनमोल ग्याङस्टारको भूमिकामा छन् ।