‘सम्हालिन्छ कहिले मन’लाई दर्शकको साथ, क्लाइमेक्सले रुवायो

आजबाट रिलिजमा आएको फिल्म ‘सम्हालिन्छ कहिले मन’लाई दर्शकको साथ मिलेको छ । आज बिहानैबाट काठमाडौं लगायत देशभरका हलमा दर्शकको राम्रो उपस्थिती देखिएको छ । फिल्मको वर्ड अफ माउथ समेत बलियो आएकाले दर्शकले आगामी दिनमा पनि मन पराउने विश्वास निर्माताको छ ।

सुदर्शन थापा निर्देशित फिल्म हेर्न काठमाडौंका हलमा पुगेका दर्शकले यसको कथावस्तु मन परेको बताए । तीन कलाकारको काम, उनीहरुको फिल्म भित्रको मित्रता, गीतसंगीत विशेष लागेको दर्शकको प्रतिक्रिया छ । अझ, दर्शकले यो फिल्मको क्लाइमेक्सलाई उत्कृष्ट भनेका छन् ।

अधिकांश दर्शकले फिल्मको क्लाइमेक्सले रुवाएको भन्दै यसको सिरिज बनाउनुपर्ने माग गरे । काठमाडौंका केही हलमा कलेजबाटै विद्यार्थीहरु फिल्म हेर्न पुगेका थिए । नेपाली फिल्मलाई माया गर्ने भएकाले कलेजबाटै फिल्म हेर्न आएको उनीहरुको भनाई थियोे ।

आज बिहान बीग मुभिजमा फिल्म हेरेर फर्किएका दर्शकले कलाकारसँग साक्षात्कार गरेका थिए । नायिका पूजा शर्मा र नायकद्धय आकाश श्रेष्ठ र सोनम तोप्देन हलमा पुग्दा दर्शक चिच्चाएका थिए । उनीहरुले तिनै जना कलाकारको अभिनयले मन छोएको बताए ।

एबी प्रोडक्शनको व्यानरमा निर्माण भएको फिल्मले वर्ड अफ माउथका कारण भोलीबाट अझै बलियो व्यापार गर्ने अपेक्षा गरिएको छ ।