साहिलको एकै नजरमा स्मारिकासँग माया बस्यो

Mero Film

गायक साहिलराज पाण्डेको नयाँ गीत ‘ऋतुहरुमा’को म्यूजिक भिडियो रिलिज गरिएको छ । मोडल समेत रहेका गायक साहिलकै शब्दमा तयार भएको गीतमा संगीत श्याम बाग्दासको छ । पेशाले मेकानिकल इञ्जिनियर समेत रहेका गायक तथा मोडल साहिललाई ऋतुहरुमा अभिनयमा स्मारिका ढकालले साथ दिएकी छिन् ।

नजानेरै सुटुक्क एकै नजरमा प्रेममा डुबेको प्रेमाभावलाई कलात्मक शैलीमा भिडियोमा देखाइएको छ । जसमा मोडलद्धय साहिल र स्मारिकाको अभिनय देख्न सकिन्छ । गोदावरी र भृकुटीमण्डमा छायांकन गरिएको भिडियोले एक रोमान्टिक प्रेम कहानीलाई बोलेको र हरेक प्रेमील जोडीले आफ्नो कथालाई भिडियो हेरेपछि स्मरण गर्ने निर्देशक प्रकाश धितालले बताए ।

उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् ।


Leave a Reply

Your email address will not be published.