सोनियाको आवाजमा ‘केही खोजिरहेको थिए’ सार्वजनिक

सोनिया सेन पोखरेलको आवाजमा ‘केही खोजिरहेको थिए’ बोलको गीत सार्वजनिक भएको छ । बर्मामा बसेर आफ्नो साङ्गीतिक यात्रा सुरु गरेकी सोनियाले गायक सुगम पोखरेलको शब्द सङ्गीतमा आफ्नो आवाज दिएकी हुन् ।

अन्य गायकका कभर गीतहरू गाए पनि यो सोनियाको पहिलो गीत हो । गीतको भिडियोमा प्रदीप बास्तोला र प्रशंसा रायमाझी को अभिनय रहेको छ ।

शिवराम श्रेष्ठले छायाङ्कन गरेको उक्त भिडियोलाई बिजेश पौडेलले सम्पादन र निर्देशन गरेका हुन् ।