स्मारिका र पुष्प भन्दैछन् ‘हेल्लो हाई डार्लिङ’

नायक पुष्प खड्का फेरि म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् । उनले, मोडल स्मारिका ढकालसँग मिलेर काम गरेको ‘हेल्लो हाई डार्लिङ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा बुद्धिमान विश्व र गायिका मिलन नेवारको स्वर, राजन पोखरेलको शब्द तथा निरोज लामाको संगीत छ ।
डान्सिङ गीतको भिडियोमा पुष्प र स्मारिकाको प्रेमभावलाई प्रस्तुत गरिएको छ । यी दुईले नृत्यसँगै मायामा परेको जोडीको भावलाई गीत मार्फत प्रस्तुत गरेका छन् । सार्वजनिक गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतलाई कल्पना तामाङले निर्माण गरेकी हुन् ।
यसमा बुद्ध लामाको छायांकन , निम बाबु तामाङको कोरियोग्राफी , विकाश धमलाको सम्पादन छ ।

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

केतनको ‘आयो तिहार’

‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक

प्रतिक्रिया