प्रदीपले बोर्ड अध्यक्षमाथि लगाएका आरोपमा कति छ सत्यता ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/pradeep-and-santosh-sen_YGLgQ7885p_tlhcrcklhphjkg1ce0z3o8qljhvps8d2adhzhzrg4jgf0ozxdlcnhyvzuerr_bOa7829eBU_azvrbkieq5o7w9nlzyjppowbmhik9gvuivb9ow3qyyw2afs2v2uxqqeyqkkc.jpg)
साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’ ल्याएर नेपाली वितरक र प्रदर्शकले राती १ बजे नै शो राखे । राती १ बजे फिल्म चल्यो । राती १ बजे फिल्म चलाउँदा जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिएर चलचित्र विकास बोर्डलाई समेत जानकारी गराइएको थिएन । चलचित्र विकास बोर्डले ‘केजीएफ २’ रातको १ बजे चलाउने एफक्यूब हललाई स्पष्टिकरण सोध्यो । साथमा, राजश्व कार्यलयलाई पनि पत्र काटेको थियो ।
यसैले, चलचित्र विकास बोर्डले रातको साढे ११ बजेपछि भन्दा पछि र बिहान ६ बजे भन्दा अगाडि फिल्मको प्रदर्शन गर्न नपाइने र गर्नु परेको खण्डमा सुरक्षाको पत्याभुती लिएर जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिनुपर्ने नियम ल्याएको हो । यो नियम अहिलेका बोर्ड अध्यक्ष भुवन केसीले ल्याएका होइनन् ।
‘केजीएफ २’ चल्दा निवर्तमान अध्यक्ष दयाराम दाहालले रातको १ बजे फिल्म चलाएको भन्दै हल विरुद्ध एक्सन लिएका थिए ।
केही दिन अगाडि चलचित्र विकास बोर्डले दैनिक पत्रिकामा एक सूचना जारी गर्दै रातको ११ बजेपछि फिल्म चलाउनु परेको खण्डमा जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिएर त्यसको जानकारी चलचित्र विकास बोर्ड र राजश्व कार्यलयलाई गराउन निर्देशन दिएको छ ।
बोर्डले निकालेको सूचनाले यसो भन्छः
बोर्डले फिल्म चलाउन नपाइने भनेको छैन । तर, सुरक्षाको प्रत्याभुती गराउन आवश्यक छ भनेको हो । चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहाल भन्छन्–‘यसमा भुवन केसीलाई मुछ्नुको कुनै औचित्य नै छैन । कुनै एउटा व्यक्तिले नियम कानुन नवुझी लहडमा बोलेर बोर्ड चल्ने हो । बोर्ड कुनै प्राइभेट लिमिटेड कम्पनी हो र ? सरकारले बनाएको नियम अनुसार हरेक नागरिक अगाडि बढ्नुपर्छ ।’
आज आयोजना भएको फिल्म ‘प्रेमगीत ३’को पत्रकार सम्मेलनमा यसका नायक प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई राजीनामा दिन चेतावनी दिए । उनले, आफ्नो फिल्म सक्नका लागि २ दिन अगाडि मात्र यस्तो नियम ल्याएको बताए ।
तर, प्रदीपले ‘प्रेमगीत ३’का लागि यो नियम ल्याइएको जिकिर गर्दै गर्दा चलचित्र विकास बोर्डले यो नियम पहिले पनि लागू गरिसकेको वुझ्न समेत आवश्यक ठानेनन् । अर्कोतिर, प्रदीपले विकास बोर्डले हल ११ बजेपछि बन्द गर्न पत्र काटेको र त्यो आफ्नो फिल्मलाई नै लक्षित गरेको भन्दै आरोप लगाए । तर, हलवालाहरुले अटेर गरि रातको ११ बजेपछि कुनै पनि फिल्म चलाउँदा विकास बोर्डले यसअघि पनि स्पष्टिकरण सोधेको र पत्र काटेको विर्सिए ।
यस्तै, विकास बोर्डले हिन्दी भाषामा डब भएको फिल्म ‘प्रेमगीत ३’को सेन्सरमा समेत लफडा निकालेको आरोप यसको निर्माण टिमको छ । यो बिषयमा भने प्रदीप केही लचिलो सुनिए । उनले, ५० प्रतिशत कर तिरेर ३ हप्तापछि फिल्म चलाउन सकिन्छ पनि भनेका छन् । यो बिषयमा दयाराम भन्छन्–‘यो बिषयमा धेरै बहस गर्ने नै होइन । विदेशी भाषाको फिल्म रिलिजका लागि सरकारले तोकेको प्रावधान हेरेर स्पष्ट हुन सकिन्छ । नियम कानुन भनेको कुनै व्यक्तिले लागू गर भन्दा गर्ने र नगर भन्दा हटाउने कुरा हो र ?’
उनले, नेपाली फिल्म क्षेत्रका मानिसहरुले कुरै नवुझी बोल्ने गरेकाले समस्या उत्पन्न भएको समेत बताए । फिल्म ‘प्रेमगीत ३’ असोज ७ गतेबाट लाग्दैछ । विकास बोर्डले रातको साढे ११ बजेपछि फिल्म चलाउँदा जिल्ला प्रशासन कार्यलयको अनुमति लिनुपर्ने नियम अहिले ल्याएको होइन । यो कुरामा नायक प्रदीप खड्का र निर्देशक सन्तोष सेन स्पष्ट हुन नसक्दा अनावश्यक विवाद निस्किएको छ । यदि, दर्शकको उच्च माग भएको खण्डमा जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिएर फिल्म कुनै पनि समयमा चलाउन सकिने स्पष्ट प्रावधान छ । ‘प्रेमगीत ३’का लागि मात्र होइन, सबै फिल्मका लागि यो बाटो सदैव खुल्ला छ ।
![‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Nephop%2520final%2520image%2520%2520copy_yoesDdG3Mo_ptsea8hdeuc7qggzf1s4lsfzgujbubonord4cpj0hdc8xetgeyibkjhxd6z8_mItBzeLeHs_meyspt8agy05srp5igc3kpa4ldmio94frjfttakpsqyqnzqi0deoc9lpoha7.jpg)
‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु
![आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?](https://snowberry.prixacdn.net/media/gallery_folder/bar%2520and%2520badhu_pK5Ut4EdfA_bglcx7adpp5bayv8saxrggqwud9vkgyytlfueeuwoi9tffjkqs2keduajyli_yQjI6tWrGr_ymxv9cvg0wylev3xbeqgjtcmhwmyagacmfsttw0xiln89glaav0eesx4uqkx.jpg)
आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?
![बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/bhuwan%2520kc_Wkmnf0wViv_jhpefzrn6ico0ruwyoczfyutambsukrwq61jtlumxuz2phxwobl9clcesf3w_JDDBE4KIum_zrd9rfojoxgwmeukoacgxrnlktnge0bsqvaqbnvzv0uzimbvdp6rh3rmg0ik.jpg)
बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’
![‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’](https://snowberry.prixacdn.net/media/gallery_folder/karm%2520movie_VujH3IhZIU_cwhzwdiojeclzx6vznspgthtzzrrqjwgqpjzotw1bczkdpnamgismh4drntw_9xJTrIzeFE_enmxjfhvtb8bzt46ptrhcatfesqrpqtc2pwp7sx1atuvoifcr4k0qb75usqp.jpg)
‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’
![भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल](https://snowberry.prixacdn.net/media/gallery_folder/purna%2520bhahadru%2520ko%2520sarangi_ao6WLpXeeb_jsne2lep8t5irwfancnhdfvo8nttae3twdzgplmyxl9msbkht3kyhh8ui68f_Kg4JxyK64t_bionn6kea8ans5bngaca8jsfflcwbvquulk8byifxelxynbuazucar1kbfkb.jpg)
भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल
![के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/naren%2520khadka_LhN2EkwyR5_lvs9etxkcndrbumytnojzsauafvkpeepb6ibgmztmec4zpocuz0ef5yxgxar_2qX4qz0Lsr_vnnlsauflwvn3fpu1w912f50yzeq8ugdomijak1jp8h1jgwjfvhugy5wtbsv.jpg)
के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?
![सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/saroj%2520khanal_dkPv25PDxg_r8r4giwpg5nxlkstiuewcwlahchnibtqe04octs8jtgcemsouvgztbzrqtvr_WY4ZrAuCDA_meeb0playit6oqyrtk3hbvltrznyodunpg8oxi8nfabbdy6qkyf5wo7o3tu9.jpg)
सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’
![‘नम्बरी सुन’को ट्रेलरमा प्रेम र द्धन्द्धको कुरा](https://snowberry.prixacdn.net/media/gallery_folder/numberi%2520sun_yKagEjcRzf_lqhltr5hdr8chwiuys1b7yqigam4oxljpqrvmfjdvunguu0jiewo8axkau3o_LSvKtsyMDD_yz20dgtjzwgr7i2o77sotbxtswbhs4yauqxowkmyq1j5hvdbbpjdovoe10i6.jpg)
प्रतिक्रिया