‘प्रेमगीत ३’लाई बधाई दिदै दीपक लेख्छन्–‘अधिकार माग्नेले पनि मिल्ने सम्म मागौं’

नेपाली फिल्म ‘प्रेमगीत ३’लाई सिङ्गो फिल्म क्षेत्रले साथ दिइरहेको छ । पहिलो पटक विश्व बजारमा नेपाली फिल्मलाई पुर्याउन खुड्किलो चालेको भन्दै फिल्म क्षेत्रले यो फिल्मलाई साथ दिइरहेको छ । चलचित्र विकास बोर्डले त अन्तरराष्ट्रिय बजारमा यो फिल्मलाई पुर्याएको भन्दै यो फिल्मको टिमलाई सम्मान नै गरिसकेको छ ।

तर, विगत केही दिनदेखि फिल्म क्षेत्रका मानिसहरुप्रति ‘प्रेमगीत ३’का मेकरले बोलिरहेको शब्द पनि पाच्य छैन । यसैविच, फिल्म ‘छक्का पन्जा ४’का निर्माता तथा कलाकार दीपकराज गिरीले पनि यो फिल्मलाई बधाई दिएका छन् । उनले लेखेका छन्–‘प्रेमगीत ३ फिल्मले नेपाली बजारलाई विस्तारित गरेको छ । यसको लागि सम्पूर्ण टिम बधाईको पात्र छ । एउटै कुरा हो, अधिकार माग्नेले पनि मिल्ने सम्म मागौं । दिनेले पनि मिलेसम्म सहयोग गरौं ।’

दीपकले अधिकार माग्दा कतिसम्म माग्न मिल्छ त्यती मात्र माग्न सुझाव दिएका छन् । तर, यही हरफलाई लिएर उनीमाथि पनि गालीको बर्षात देखिएको छ । अत्याधिक गाली आएपछि दीपकले आफ्नो सामाजिक संजालमा आफ्नो भावना व्यक्त गर्न नपाइने भन्ने हुन्छ भन्दै शिष्टता सिक्न आग्रह गरेका छन् । फ्यान नै यति नकारात्मक भएपछि अरु कसरी सकारात्मक हुन्छन् भन्दै उनले आफ्नो स्टाटसमा प्रतिक्रिया जनाएका छन् ।