अशोक शर्मा लेख्छन्–‘नेपाली फिल्म हेर्न जाने, तर हिन्दीमा कि नेपालीमा’

फिल्म क्षेत्रका सफल निर्देशक, निर्माता, कलाकार तथा डीसीएन प्रमुख अशोक शर्माले असोजको ७ गतेबाट रिलिज हुन लागेको नेपाली फिल्म ‘प्रेमगीत ३’लाई नेपालमा हिन्दी भाषामा रिलिज नगर्न आग्रह गरेका छन् ।

सामाजिक संजालबाट उनले लेखेका छन्–‘प्रेमगीत ३ का निर्माता श्री सन्तोष सेन भाई, वितरक मनोज राठी र गोविन्द शाही, कलाकार प्रदीप खड्का भाइहरुलाई विनम्र अनुरोध छ, नेपालमा उक्त फिल्म नेपाली अझ संभव भए हिन्दीमा जस्तै देशका अन्य जातजातिका भाषमा डब गरेर प्रर्दशन गरौं । तर, हिन्दीमा नगरौं । यसको दुरगामी प्रभाव हाम्रो भाषा, संकृतिमा र हाम्रो क्षेत्रमा पर्छ । यो मेरो अनुरोध हो, निर्णय तपाइहरुको ।’

उनै, अशोकले अर्को स्टाटस लेख्दै भनेका छन्–‘नेपाली फिल्म हेर्न जाने होइन ? साथी । जान त जाने साथी । तर, नेपाली फिल्म नेपाली भाषामा हेर्ने कि हिन्दीमा ?’

यो स्टाटसमा भने अशोकको व्यङ्ग मिसिएको देखिन्छ । नेपाली फिल्म हिन्दी भाषामा नेपाल बाहिरका लागि तयार पारिएको हो भन्दै यसलाई नेपालमा रिलिज गर्दा दुरगामी असर पर्ने आवाजहरु फिल्म क्षेत्रबाट उठिरहेको छ ।