बलिउड अभिनेता अरमान कोहलीले एक वर्षपछि पाए जमानत

बलिउड अभिनेता अरमान कोहलीले लागुऔषध मामलामा करिब एक वर्षपछि जमानत पाएका छन् । एक वर्षयता जेलमा रहेका उनले जमानत पाएका हुन् ।

एनसीबीले गत वर्ष अरमानको घरबाट १ दशमलब २ ग्राम कोकिन बरामद गरेको थियो । यो मामलामा बम्बई हाईकोर्टले मंगलबार फैसला सुनाउँदै उनलाई जमानत दिएको हो । उनले एक लाख रुपैंयाँ धरौटी बुझाएपछि जमानत पाएका हुन् ।

यद्यपि यही मामलामा पक्राउ परेका अन्य दुई व्यक्ति करीम धनानी र इमरान अन्सारीले यसअघि नै जमानत पाइसकेका छन् । अरमानले पक्राउ परेपछि कैयौं पटक जमानताका लागि निवेदन दिएका थिए । तर अदालतले भने यसलाई अस्वीकार गर्दै आएको थियो ।

अरमानलाई ‘बिग बोस ७’ को समयमा पनि पक्राउ गरिएको थियो । शोकी प्रतिष्पर्धी सोफियाले उनीविरुद्ध कुटपिट गरेको आरोप लगाएकी थिइन् । सोफियाले यौन उत्पीडनको आरोप पनि लगाएकी थिइन् । यद्यपि उनलाई प्रहरी पक्राउ गरे पनि जमानतमा छोडिदिएको थियो । अरमानले ‘जानी दुश्मन’, ‘कहर’, ‘जुआरी’, ‘एलओसी करगिल’ जस्ता फिल्ममा अभिनय गरेका छन् ।