कस्तो छ ‘प्रेमगीत ३’का लागि मल्टिप्लेक्समा शो ?

शुक्रबारदेखि रिलिज हुन लागेको नेपाली फिल्म ‘प्रेमगीत ३’को बुकिङ क्यूएफएक्स चेन बाहेक अरुमा सुरु भैसकेको छ । यो फिल्मको बुकिङ आक्रामक हुने अपेक्षा गरिएको छ । एफक्यूब, बीग मुभिज, वान सिनेमाजले फिल्मको बुकिङ खुलाइसकेका छन् । हलहरुले अझै केही शोज थप गर्ने गरि शोजहरु छुट्याएको देखिन्छ ।

नयाँ नेपाली र हिन्दी फिल्म नहुनुको फाइदा ‘प्रेमगीत ३’ले शोजहरुमा पाउनेछ । काठमाडौंको नयाँ बाँनेश्वरमा रहेको वान सिनेमाजले फिल्मका लागि ५ शोज उपलब्ध गराएको छ । यस्तै, कालिमाटीमा रहेको वान सिनेमाज्मा पनि ५ शो नै उपलब्ध गराइएको छ ।

हिन्दी भाषामा पनि नेपालमा यो फिल्म रिलिज हुने चर्चाका कारण केही शोजहरु मल्टिप्लेक्सले अझै छाडेका छन् । यस्तै, वीग मुभिजले यो फिल्मका लागि ७ शोज उपलब्ध गराएको छ । यो हलमा पनि शोज अझै केही बढ्ने निश्चित छ ।

यस्तै, चाबहिलमा रहेको एफक्यूब हलमा पनि यो फिल्मका लागि ५ शोज उपलब्ध गराएको छ । मल्टिप्लेक्सले अझै केही शोज हिन्दी भाषामा पनि रिलिज हुन्छ कि भन्ने आशाका साथ राखेका छन् भने केही शोज थप गर्ने गरि समय छुट्याएका छन् ।

बक्स अफिसमा आक्रामक व्यापार गर्छ भन्ने अपेक्षा गरिएको यो फिल्मलाई सन्तोष सेन र स्वर्गीय छेतन गुरुङले मिलेर निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, प्रेम पुरी लगायतका कलाकारको अभिनय छ ।