‘प्रेमगीत ३’ भारतमा ५ सय हलमा रिलिज हुँदै, दर्शकले शुक्रबार ७५ रुपैयाँमा हेर्न पाउने

प्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ शुक्रबारबाट भारतका विभिन्न ५ सय हलमा रिलिज हुने भएको छ । भारतीय चर्चित अनलाइन बलिउड हंगामाका अनुसार यो फिल्मका लागि अधिकांश हलमा बुकिङ पनि खुलिसकेको छ । यो फिल्मलाई शुक्रबार भारतीय दर्शकले ७५ रुपैयाँ भारुमा हेर्न पाउनेछन् ।

शुक्रबार परेको ‘राष्ट्रिय फिल्म दिवस’को सेलिव्रेशनका कारण पनि भारत भरका हलमा ७५ रुपैयाँ मात्र टिकट तोकिएको छ । यसको फाइदा इन्डो–नेपाली फिल्म ‘प्रेमगीत ३’ले उठाउन सक्नेछ ।

भारतमा शुक्रबार फिल्मले १ करोड भन्दा माथिको व्यापार गर्ने अनुमान यसका निर्माताको छ । फिल्मका निर्माता सुभाष कालेले भारतीय बक्स अफिसमा यो फिल्मले उत्साहजनक व्यापार गर्ने अपेक्षा गरेका छन् । सन्तोष सेन र स्वर्गीय छेतन गुरुङको निर्देशनमा तयार भएको यो फिल्म नेपालमा पनि नेपाली र हिन्दी भाषामा रिलिज हुँदैछ ।

फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, प्रेम पुरी लगायतका कलाकारको अभिनय छ ।