‘प्रेमगीत ३’को सेन्सर सिफारिश विवादमा, बोर्ड अध्यक्षलाई मन्त्रालयले बोलायो

Mero Film

शुक्रबारदेखि रिलिज हुन लागेको इन्डो नेपाली फिल्म ‘प्रेमगीत ३’को सेन्सर सिफारिश विवादमा परेको छ । यो फिल्मको हिन्दी भर्सनलाई विदेशी फिल्मको मान्यता दिदै विकास बोर्डले सेन्सरको सिफारिश गरेको थियो । तर, यो निर्णय फेरि विवादमा फसेको छ ।

यो निर्णयबारे छलफल गर्न संचार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई बिहिबार बिहान ११ बजे मन्त्रालय बोलाएको छ ।

नेपाली फिल्मलाई किन विदेशी फिल्म भनेर सेन्सरको सिफारिश गरियो भन्ने बिषयमा कुरा गर्ने मन्त्रालयले बोर्ड अध्यक्षलाई बोलाएको हो । बोर्डको निर्णणमा खुशी देखिदै सर्टिफिकेट लिएका वितरक मनोज राठीले बुधबार मन्त्रालयमा निवेदन पनि दिएका थिए । उनको निवेदनको आधारमा स्पष्ट हुन बोर्ड अध्यक्षलाई बोलाइएको हो ।

सेन्सर बोर्डले फिल्मको सेन्सर गर्ने भएकाले पनि यस बिषयमा थप निर्णय आउन सक्छ ।


Leave a Reply

Your email address will not be published.