तेश्रो शुक्रबार ‘ब्रम्हास्त्र’को ८ लाख माथि टिकट बिक्री हुने आँकलन

झट्ट सुन्दा अचम्म लाग्न सक्छ, तर भोली शुक्रबारबाट तेश्रो सातामा प्रवेश गरेको हिन्दी फिल्म ‘ब्रम्हास्त्र’को आक्रामक टिकट बुकिङ हुने देखिएको छ । भोली भारतमा ‘राष्ट्रिय सिनेमा दिवस’को अवसर पारेर ७५ रुपैयाँ भारुमा दर्शकले फिल्म हेर्न पाउनेछन् । भारतभर लागू गरिएको यो नियमले गर्दा हिन्दी फिल्म ‘ब्रम्हास्त्र’को आक्रामक बुकिङ देखिएको छ ।

बुधबारसम्म फिल्मको ५ लाख भन्दा माथिको टिकट बिक्री भैसकेको छ । भोली शुक्रबारसम्म ८ देखि १० लाखसम्म टिकट बिक्री हुने अनुमान गरिएको छ ।

यसो भएको खण्डमा फिल्मले तेश्रो साताको शुक्रबार पनि २ डिजिटको व्यापार गर्नेछ । अयान मुखर्जी निर्देशित यो फिल्मको व्यापार २ सय करोड माथि छ । फिल्मले २ सय ५० करोडको लाइफ टाइम व्यापार गर्ने अनुमान गरिएको थियो । तर, शुक्रबारको व्यापारले यसमा केही करोड जोडिने पक्का छ ।

रनवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन लगायतका कलाकारको अभिनय रहेको फिल्मले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको थियो । तर, फिल्मले बक्स अफिसमा सुखद कमाई गर्यो ।