‘२ नम्बरी’ प्रमोशनका लागि भुटानबाट नेपाल आइन् उगेन

असोजको २१ गतेबाट प्रतिक्षित फिल्म ‘२ नम्बरी’ रिलिज हुँदैछ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । यो फिल्मलाई लिएर प्रस्तुतकर्ता किरण नेपाली उत्साहित छन् । यसैविच, यो फिल्मको प्रमोशनका लागि भुटानी नायिका उगेन छोदेन नेपाल आएकी छिन् ।
फिल्मको छायांकन सकेर भुटान फर्किएकी उगेन आज बिहान नेपाल आइपुगेकी हुन् । फिल्मका कलाकार सबै अन्य प्रोजेक्टमा व्यस्त हुँदा यसको निर्माणपक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन । तर, अब नायिका उगेन पनि भुटानबाट नेपाल आएपछि केही दिनमै ट्रेलर सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ ।
यो फिल्ममा उगेनको जोडीको रुपमा नायक दयाहाङ राइले काम गरेका छन् । यस्तै, नायिका उपासना सिंहको जोडीको रुपमा नायक सौगात मल्ललाई देख्न सकिन्छ । ‘२ नम्बरी’को टिजर हिट भैसकेको छ ।
२ साथीको मित्रताको कथामा यो फिल्म बनेको निर्माणपक्षले बताएको छ ।
रंगकर्मी विमललाई क्रियटिभ डिरेक्टरको अवार्ड

बैबाहिक जीवनमा बाँधिए निर्देशक खड्का

नेपाली फिल्मका १० हिरोः को के गर्दैछन् ?

पोखरामा पौष १२ देखि १६ गतेसम्म ‘सडक महोत्सव’ हुँदै

फिल्म पुरा गर्न नै सकस

ब्रान्डमा बर्षाः दर्जन बढी विज्ञापनमा आवद्ध, पहिलो पारिश्रमिक ५ हजार

पोखरामा २५ दिनको सेड्यूल तय गर्दै सुरु भयो ‘फर्की फर्की’को छायांकन

प्रतिक्रिया