विवाह बन्धनमा बाँधिदै बुद्धि तामाङ, यी हुन् हुनेवाला दुलही

चर्चित हाँस्य कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन्।
काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ३ कुडवालमा जन्मिएका बुद्धिले मकवानपुरकी अनु थिङ तामाङसँग भोलि असोज ७ गते लगठगाँठो कस्न लागेका हुन्। बुद्धि र अनुको विवाह समारोह शुक्रबार कौसलटारको एक पार्टी प्यालेसमा आयोजना हुँदैछ ।
बुद्धिले अनुसँग मागी विवाह गर्न लागेका हुन् । उनीहरुको विवाह तामाङ परम्परा अनुसार हुने बताइएको छ। केही दिनअगाडि अनुको घरमा बुद्धिले तामाङ परम्पराअनुसार सगुन पोङ राखेका थिए ।
सानो पर्दाको सिरियलबाट चम्किएका बुद्धिले ८० वटा भन्दा बढी नेपाली फिल्म, म्युजिक भिडियो, नाटकमा अभिनय गरिसकेका छन्। उनले साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका छन्।

असोज २६ मा बासेन्जी

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

‘डिग्री माइला’: रामबाबुलाई ‘कबड्डी’को ह्याङबाट मुक्त हुनुपर्ने चुनौती

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

हरिवंश आचार्य भन्छन् - चिकित्सकमाथिको हातपात तुरुन्त बन्द हुनुपर्छ

ब्रान्ड बजारमा बेनिशाः डिजिटल माध्यमले बढायो कमाई

प्रतिक्रिया