बैबाहिक जीवनमा बाधिए बुद्दि तामाङ

‘हैट’ थेगो बोलेर चर्चित बनेका कलाकार बुद्दि तामाङ आज बैबाहिक जीवनमा बाँधिएका छन् । उनले, आज अनु थिङसँग बिहे गरेका हुन् । अनु र बुद्दिको मागी बिबाह हो । उनीहरुको तामाङ परम्परा अनुसार आज बिहे भैरहेको छ ।

काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर ३ कुडवालमा जन्मिएका बुद्दिले मकवानपुरकी अनु थिङ तामाङलाई जीवनसाथी बनाएका हुन् । उनीहरुको भक्तपुरको एक पार्टी प्यालेसमा बिबाह भैरहेको छ । बुद्दिको बिहेमा केही फिल्मीकर्मीहरुको समेत उपस्थिती छ ।

बुद्दि तामाङ नेपाली फिल्म क्षेत्रमा सर्वाधिक व्यस्त कलाकार हुन् । उनले ८० भन्दा बढी फिल्म, म्युजिक भिडियो, नाटकमा काम गरेका छन् । पछिल्लो केही बर्षयता त बुद्दि बिनाको फिल्म अधुरो जस्तै हुन्छ भनिन्छ । उनले अभिनय गरेका फिल्ममध्ये ‘कबड्डी’को सिरिजबाट उनी सर्वाधिक चर्चित बने ।

बुद्दि र अनुलाई बैबाहिक जीवनको शुभकामना ।