अभिनेत्री तनुश्रीको खुलासा- कैयौं पटक हत्या प्रयास भयो

बलिउड अभिनेत्री तनुश्री दत्ता प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बन्छिन् । फिल्म उद्योगमा पहिचान बनाएर मूलधारबाट टाढिएकी उनी लामो समयदेखि यौन उत्पीडन मामलामा बोलेका कारण चर्चामा छिन् । उनले अहिले पुनः आफूमाथि कैयौं पटक हत्या प्रयास भएको खुलासा गरेकी छन् ।
उनले एक अन्तरवार्तामा यो कुराको खुलासा गरेकी हुन् । ‘म उज्जैनमा हुँदा मेरो कारको कैयौं पटक ब्रेक फेल गराइयो । जसकारण म एक भयानक कार दुर्घटनामा परेँ। त्यो दुर्घटनामा मेरो शरीरबाट धेरै खुन बग्यो र मलाई ठीक हुन निकै समय लाग्यो । मैले पिउने पानीमा पाइसन मिसाएको पाइयो’, उनले भनेकी छन् ।
उनका अनुसार घरमा काम गर्ने एक सहयोगीले आफूलाई विष सेवन गराएको दाबी गरेकी छन् । ‘मेराे एक सहयोगी थिइन् । जो मेरो घरमा काम गर्थिन् । उनी घरमा काम गर्न आएपछि म विस्तारै विस्तारै बिरामी हुन थालेँ । त्यसपछि मात्र मलाई पानीमा केही मिसाइएको अनुभव भयो’, उनले भनेकी छन् ।
तनुश्रीले दुई वर्षअघि फिल्म ‘हर्न ओके प्लीज’ को सुटिङका समयमा अभिनेता नाना पाटेकरले आफूमाथि अश्लील हरकत गरेको आरोप लगाएकी थिइन् । भारतमा ‘मीटू मुभमेन्ट’ सुरु गर्ने श्रेय तनुश्रीलाई नै जान्छ ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया