अनलाइनमा पाइरेसी भयो हिन्दी भाषाको ‘प्रेमगीत ३’

Mero Film

भारत लगायतका विश्वका थुप्रै देशमा हिन्दी भाषामा रिलिज भएको नेपाली फिल्म ‘प्रेमगीत ३’ रिलिजको दोश्रो दिनमै पाइरेसीको शिकार भएको छ । यो फिल्म अनलाइन पाइरेसीमा परेको हो । अनलाइनमा हिन्दी भाषामा तयार भएको फिल्म छ्याप्तछ्याप्ती भेटिन्छ । जसलेगर्दा, यसको हिन्दी भाषाको हल व्यापारलाई घाटा हुने देखिन्छ ।

नेपाली भाषामा मात्र रिलिज हुँदा कहिलेकाही युट्युबमा फिल्म पाइरेसी हुने गरेको थियो । तर, त्यसलाई मेकरले तुरुन्तै हटाउन सक्थे । तर, विश्वका चर्चित फिल्महरु पाइरेसी गर्ने अनलाइनहरुबाट पाइरेसी भएका कारण पनि हटाउन गाह्रो पर्छ ।

सन्तोपा सेन र स्वर्गीय छेतन गुरुङको निर्देशनमा तयार भएको यो फिल्म हिन्दी भाषामा भने २ घन्टाको छ ।

प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, प्रेम पुरी लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले नेपाली बक्स अफिसमा २ दिन बम्पर व्यापार गरेको छ । तर, फिल्मको समीक्षा भने कमजोर आएको छ ।


Leave a Reply

Your email address will not be published.