सेटलाइट्स र ओटीटीमा २५० करोडमा बिक्यो साहरुखको ‘जवान’

Mero Film

४ बर्षपछि ठूलो पर्दामा फर्किन लागेका बलिउड नायक साहरुख खानको आउँदो बर्ष ३ वटा फिल्म रिलिज हुँदैछ । आउँदो बर्ष साहरुख अभिनित ‘पठान, जवान र डंकी’ रिलिज हुँदैछन् । यी तिनै फिल्मले बक्स अफिसमा बम्पर व्यापार गर्ने अपेक्षा गरिएको छ ।

साहरुखले साउथका चर्चित निर्देशक एट्लीसँग काम गरेको फिल्म ‘जवान’ पनि चर्चामा छ । यो फिल्ममा साहरुखको साथमा साउथ स्टार नयनताराको पनि मुख्य भूमिका छ ।

यो फिल्मको छायांकन सकिएको छैन । तर, फिल्मको सेटलाइट्स र ओटीटी राइट्स भने भारी रकममा बिक्री भएको छ । यो फिल्मको सेटलाइट्स राइट जी टीभीले खरिद गरेको छ । यस्तै, नेटफ्लिक्सले यो फिल्मको ओटीटी अधिकारी किनेको छ । फिल्मलाई जी र नेटफ्लिक्सले २५० करोडमा खरिद गरेका छन् ।

यसैविच, २५० करोडमा विक्री भएसँगै फिल्मको रिलिज अगावै मुनाफा सुरक्षित भएको छ । अब, फिल्मको ओभरसिज राइट्स, म्यूजिक राइट्स र भारतमा हुने व्यापारले रेड चिल्लीलाई ठूलो रकम नाफा हुने देखिएको छ ।


Leave a Reply

Your email address will not be published.