विकास बोर्डको विज्ञप्ती–‘प्रेमगीत ३’लाई लिएर गरिएका भ्रामक खबरको खेद प्रकट गर्दछौ’

चलचित्र विकास बोर्डले शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘प्रेमगीत ३’को हिन्दी स्वरांकनको बिषयलाई लिएर चलचित्र विकास बोर्डका पदाधिकारी तथा सदस्यहरुप्रति गरिएको भ्रामक, अतिरञ्जित, कपोकल्पित, लान्छनायुक्त, विवादस्पद अभिव्यक्ति एवं समाचारप्रति खेद प्रकट गरेको छ ।

अध्यक्ष भुवन केसीले जारी गरेको विज्ञप्तीमा शुक्रबारदेखि रिलिजमा आएको ‘प्रेमगीत ३’को कर चुक्ता नै नभएका कारण हिन्दी स्वरांकनलाई अनुमति नदिइएको बताइएको छ । बोर्डले कर चुक्ता हुनासाथ पुनः स्वरांकनको अनुमति शुक्रबार दिएको र आज आइतबार कुनै ढिला नगरि सेन्सर सिफारिशका लागि निवेदन आउनासाथ सेन्सरका लागि सिफारिश गरेको बताएको छ ।

यस बिषयमा संचार माध्यममा आएका खबरहरुलाई लिएर बोर्डले खेद प्रकट गरेको छ । साथै, आगामी दिनमा समाचार प्रकाशन, प्रशारण तथा टिका टिप्पणी गर्दा सत्य तथ्यका आधारमा रही गर्न पनि आग्रह गरेको छ । अध्यक्ष भुवन केसीले निकालको प्रेस विज्ञप्ती यस्तो छः