पोखरा पुगिन् ‘बाबरी’

दशैंको लामो बिदामा लभ स्टोरी फिल्म हेर्न चाहने दर्शकका लागि ‘बाबरी’ विशेष हुने निर्देशक तथा लेखक सुरेन्द्र पौडेलको दाबी छ । यसैले, यो फिल्मको टिम देश दौडाहामा छ । देशका मुख्य स्टेशनमा पुगेर फिल्मको प्रचार गरिरहेका कलाकारहरु दर्शकको फिल्मलाई लिएर देखिएको उत्साहले दंग छन् ।

आउँदो शुक्रबारदेखि रिलिज हुन लागेको यो फिल्ममा अदिती वुढाथोकीसँग २ नायक धिरज मगर र धिरज नाडकरले रोमान्स गरेका छन् ।

फिल्मको प्रचारका लागि पूर्वका स्टेशन सकेका कलाकारले पोखरामा पनि प्रचार गरेका छन् । नायिका अदिती वुढाथोकी देशभर पुग्दा दर्शकले फिल्मप्रति देखाएको चासोले उत्साहित भएको बताउँछिन् । नायक धिरज मगर पनि फिल्मले राम्रो व्यापार गर्नेमा आफू ढुक्क भएको बताउँछन् ।

पोखराका स्कुल र कलेजमा पुगेरी तिन कलाकारले दर्शकसँग साक्षात्कार गरे । उनीहरुले दर्शकसँगै बसेर फिल्मको गीतमा नृत्य समेत गरेका थिए । पुष्पलता बुढाथोकी र गणेश वुढाथोकीको लगानीमा बनेको फिल्ममा सुष्मा गुरुङ सह–निर्माताको रुपमा छिन् ।