चार वर्षदेखि फिल्ममा नदेखिएका शाहरुख एब्स देखाउदै

बलिउडमा अभिनेता शाहरुख खानले हालै फिल्म ‘ब्रह्मास्त्र’ मा केमियो रोल गरेका थिए । जसलाई फ्यानहरूले निकै रुचाएका छन् ।
त्यसो त शाहरुख खान विगत चार वर्षदेखि मुख्य कलाकारको रूपमा फिल्ममा देखिएका छैनन् । सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’ मा काम गरेका थिए। तर, आगामी वर्ष २०२३ मा शाहरुख खानका तीन फिल्म रिलिज हुँदै छन् ।
जसमध्ये एउटा फिल्म ‘पठान’ हो जुन २५ जनवरी २०२३ मा रिलिज हुँदै छ । शाहरुख आफ्नो फिल्मको विग्र प्रतीक्षामा छन् । उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै यस्तो सङ्केत गरेका हुन् ।
शाहरुखले आफ्नो सामाजिक सञ्जालमा आफ्नो एउटा तस्बिर सेयर गरेका छन्, जसमा फिल्म ‘पठान’ को लुक रहेको छ । तस्बिरमा शाहरुख खान शर्टलेस सोफामा बसेको देख्न सकिन्छ । यस क्रममा उनले आफ्ना सिक्स एब्स सोअप गरिरहेका छन् ।
शाहरुखले यो तस्बिरको क्याप्शनमा लेखेका छन्, ‘आज म आफ्नो शर्टसँग भन्छु, तिमी भएको भए कस्तो हुन्थ्यो होला, तिमी यस बारेमा हैरान हुन्थ्यौ, तिमि यस पटक कति हाँस्ने थियौ होला, तिमी भएको भए यस्तो हुन्थ्यो मलाई पनि पठानको पर्खाइ छ । शाहरुखको यो पोष्टलाई फ्यानहरूले निकै मन पराएका छन् र कडा प्रतिक्रिया दिइरहेका छन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया