९ नायिकालाई नवदुर्गा सम्मान

Mero Film

नायिका रेजिना उप्रेति र विमला केसीले तेश्रो संकरणको ‘नवदुर्गा सम्मान’ आयोजना गरेका छन् । काठमाडौंको चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा नेपाली फिल्म क्षेत्रमा योगदान पुर्याएको भन्दै ९ नायिकाहरुलाई सम्मानित गरिएको हो । यो सम्मान हरेक बर्षको घटस्थापनाको दिनमा आयोजना गरिन्छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले ९ नायिकालाई सम्मानपत्रबाट सम्मानित गरेका थिए । सम्मानित हुनेमा नायिका भारती घिमिरे, झरना थापा, स्वेता खड्का, ऋचा शर्मा, मेनुका प्रधान, प्रियंका कार्की, पुजा शर्मा, शिल्पा पोखरेल र सुहाना थापा छन् ।

कार्यक्रममा बिरामी भएका कारण नायिका शिल्पा पोखरेल भने उपस्थित हुन सकिनन् । सम्मानित भएपछि कार्यक्रममा बोल्दै नायिका ऋचा शर्माले विभिन्न अवार्ड समारोहमा सम्मानित भएपनि आफ्नै क्षेत्रबाट यो खालको माया र सम्मान पाउँदा खुशी लागेको बताइन् ।

कार्यक्रममा सम्मानित भएका कलाकारहरुलाई उपराष्ट्रपति पुनले शुभकामना दिएका थिए । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी पनि विशेष अतिथीको रुपमा उपस्थित थिए ।


Leave a Reply

Your email address will not be published.