‘तिम्रो मेरो साथ’को प्रदर्शन मिति र फस्टलुक सार्वजनिक

फिल्म ‘तिम्रो मेरो साथ’को फस्टलुकसँगै प्रदर्शन मिति तय भएको छ । फिल्मका निर्देशक तथा निर्माता रमेश एम के पौडेलको जन्मदिनको अवसर पारेर यसको फस्टलुक रिलिज गरिएको हो । फस्टलुकमा फिल्मका मुख्य २ कलाकार नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेमभाव देख्न सकिन्छ ।

यो फिल्म माघे संक्रान्तीको अवसर पारेर पौषको २९ गतेबाट रिलिज हुने भएको छ । यो मिति पनि नेपाली फिल्मका लागि सुखद मानिन्छ ।

फिल्ममा पासाङ लामाको लगानी छ । यस्तै, फिल्मका कार्यकारी निर्माता तथा लेखक सविर श्रेष्ठ हुन् । फिल्ममा सरोज खनाल, सन्दिप क्षेत्री, इमिली लामा, दीपाशा केसी लगायतका कलाकारको पनि अभिनय छ । फिल्मको कथा सविर र बाबुराम निरौलाले मिलेर लेखेका हुन् ।